एजेन्सी- डाक्टरहरुले बिरामीको अवस्था, औषधि र चेकजाँचको सम्पूर्ण रिपोर्ट लेख्ने ‘प्रेस्क्रिप्सन’मा नराम्रो अक्षर हुनलाई सामान्य रुपमा लिइँदै आएको पाइन्छ।
_x000D_
_x000D_
कतिपय अवस्थामा त दोस्रो पटक आफैंले हेर्दासमेत नबुझिने गरी डाक्टरहरुले लेख्ने गरेको भन्दै व्यंग्यसमेत गरिएको पाइन्छ।
_x000D_
_x000D_
तर, ‘प्रेस्क्रिप्सन पेपर’मा लेखिएको अक्षरका सम्बन्धमा गत साता मात्रै भारत उत्तर प्रदेशस्थित एक अदालतमा मुद्धा दायर भएको छ।
_x000D_
_x000D_
लखनउ उच्च अदालतमा न्यायाधीशको बेन्चले तीन डाक्टरलाई फरक–फरक मुद्धामा जनही ५/५ हजार भारतीय रुपैयाँ(भारु) जरीवाना तोकेको छ।
_x000D_
_x000D_
जरीवाना डाक्टरको अक्षरलाई लक्षित गरेर लगाइएको हो। लखनउको सीतापुर, उन्नो र गन्दा जिल्लाबाट आपराधिक मुद्दा अदालतमा आएकोमा तीनै जिल्लाका डाक्टरको रिपोर्ट पढ्न नसकिएपछि उनीहरु विरुद्धनै मुद्धा दायर गरिएको थियो।
_x000D_
_x000D_
न्यायाधीशको बेन्चले डा टिपी जयसवाल, डा पिके गोख्ले र डा आशिष सक्सेना विरुद्धको मुद्धा सुनुवाइ गर्दै यसलाई न्यायालयको कामकारबाही विरुद्ध रहेको ठहर गरेको थियो।
_x000D_
_x000D_
न्यायाधीशद्वय अजी लाम्बा र सन्जय हरकुलीले डाक्टरहरुलाई जरिवानावापत जनही ५/५ हजार भारु आदालतको पुस्तकालयमा जम्मा गर्न आदेश दिएको हो।
_x000D_
_x000D_
अदालतले राज्य सरकारअन्तर्गत गृह मन्त्रालयका सचिव, स्वाथ्य तथा औषधि मन्त्रालयका सचिव र स्वाथ्य तथा औषधि विभागका निर्देशकको नाममा भविष्यमा डाक्टरले दिने रिपोर्ट कम्प्युटरमा लेखिएको हुनुपर्ने आदेश दिएको छ। डाक्टरले लेखेको रिपोर्ट सामान्य मानिसले पढ्नसक्ने किसिमको हुनुपर्ने भन्दै अदालतले यस्तो आदेश दिएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।