काठमाडौं– एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकले आफ्नो पदबाट राजीनामा दिएका छन्।
एप्पलले २०२६ सेप्टेम्बर १ देखि टिम कुकलाई कम्पनीको निर्देशक बोर्डको कार्यकारी अध्यक्ष बनाउने घोषणा गरेपछि उनले राजीनामा दिएका हुन्।
हाल हार्डवेयर इन्जिनियरिङका वरिष्ठ उपाध्यक्ष जोन टर्नस नयाँ सीईओ हुनेछन्। स्टिभ जब्सपछि सीईओ बनेका टिम कुकको लगभग १५ वर्षको कार्यकाल अब समाप्त हुँ दैछ।
कार्यकारी अध्यक्षको रूपमा टिम कुकले कम्पनीको केही काममा सहयोग गर्नेछन्। जस्तै: विश्वभरका नीति निर्मातासँग सम्पर्क गर्ने। जोन टर्नस २००१ मा एप्पलको उत्पादन डिजाइन टोलीमा सामेल भएका थिए। २०१३ मा उनी हार्डवेयर इन्जिनियरिङका उपाध्यक्ष बने। अनि २०२१ देखि हार्डवेयर इन्जिनियरिङका वरिष्ठ उपाध्यक्षका रूपमा कार्यकारी टोलीमा सामेल भए।
अब उनी सेप्टेम्बरदेखि सीईओको जिम्मेवारी सम्हाल्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।