इस्लामाबाद – इरान र अमेरिका तत्काल युद्धविराम गर्न सहमत भएका छन्।
पाकिस्तानले बुधबार यसको घोषणा गर्दै विवादको स्थायी समाधानका लागि अप्रिल ११ मा दुवै देशका प्रतिनिधिमण्डललाई इस्लामाबाद आमन्त्रित गरेको बताएको छ।
प्रधानमन्त्री शहबाज शरीफले सामाजिक सञ्जालमा युद्धविरामको स्वागत गर्दै दुवै देशको नेतृत्वप्रति कृतज्ञता व्यक्त गरेका छन्। उनले विवाद समाधानका लागि निर्णायक सम्झौता गर्न वार्ता तय गरिएको बताए। दुवै पक्षले 'उल्लेखनीय बुद्धिमत्ता' प्रदर्शन गरेको भन्दै उनले ‘इस्लामाबाद वार्ता’ सफल हुने आशा राखेका छन्।
उक्त योजनामा रणनीतिक, आर्थिक र सुरक्षासम्बन्धी मुख्य मागहरू समेटिएका छन् ।
योजनाअनुसार होर्मुज जलडमरुमा इरानी सेनासँग समन्वयमा नियन्त्रित आवागमन व्यवस्था लागू गर्ने प्रस्ताव गरिएको छ, जसले इरानलाई विशेष आर्थिक तथा भूराजनीतिक लाभ दिने उल्लेख छ । साथै, ‘रेजिस्टेन्स एक्सिस’विरुद्धको युद्ध अन्त्य गर्नुपर्ने, क्षेत्रका सबै सैन्य आधारबाट अमेरिकी सेना फिर्ता हुनुपर्ने माग राखिएको छ ।
इरानले होर्मुज क्षेत्रमा आफ्नो प्रभाव कायम रहने गरी सुरक्षित आवागमन प्रोटोकल बनाउनुपर्ने, युद्धबाट भएको क्षतिको पूर्ण क्षतिपूर्ति दिनुपर्ने, सबै प्रकारका प्रतिबन्ध हटाउनुपर्ने र विदेशमा रोकिएका सम्पत्ति फिर्ता गर्नुपर्ने माग पनि अघि सारेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।