काठमाडौं– सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा पूजा चौधरी निर्वाचित भएकी छिन् ।
मंगलबार बसेको समितिको बैठकले चौधरीलाई सभापतिमा चयन गरेको हो ।
बैठकमा बोल्दै सभापति चौधरीले देश र जनताको हितमा नीति नियम कानुनहरु तर्जुमा गर्दा संविधानको मातहतमारही आवश्यक अध्ययन अनुसन्धान गरी गर्ने धारणा राखिन् ।
सबै समिति सदस्यहरुसँगको सहकार्य र समन्वयमा समितिलाई अघि बढाउने उनले प्रतिवद्धता व्यक्त गरिन् ।
उनले भनिन्,‘हुन त यस राजनीतिक यात्रामा म भन्दा अग्रज धेरै नै हुनुहुन्छ । हजुरहरुको प्रतिक्रिया देश र जनताको हितमा नीति, नियम कानुनहरु तर्जुमा गर्दा संविधानको मातहतमा रही आवश्यक अध्ययन अनुसन्धानगरी म माथि देखाइएको विश्वास शिरमा राखि तपाईहरुको साथ सहयोगको अपेक्षासहित यस समितिलाई अघि बढाउन सबैसँग समन्वय सहकार्य गरेर अगाडि बढ्ने छु भन्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।