काठमाडौं– राप्रपा सांसद खुश्बु ओलीले पेट्रोलियम पदार्थमा लगाइएको कर हटाएर जनतालाई राहत दिन माग गरेकी छिन् ।
सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले सो माग गरेकी हुन् ।
संसद बैठकमा उनले बजेटको लागि अनलाइन पोर्टल बनाउन माग पनि गरिन् । स्वार्थको लागि बजेट विनियोजन रोक्न सो पोर्टललाई सार्वजनिक गर्न पनि उनको माग छ । यसो हुँदा सांसद तथा नेताहरूले आफ्नो क्षेत्रमा बजेट लगे भनेर दम्भ गर्न नपाउने उनको दाबी छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।