काठमाडौं– नेकपा प्रमुख सचेतक युवराज दुलालले सरकारलाई संविधान पढ्न सुझाएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले संविधानले समाजवादउन्मुख राज्य व्यवस्थाको परिकल्पना गरेको र त्यसतर्फ सरकारको ध्यान जानुपर्ने बताए ।
‘म सरकारलाई संविधान पढ्न आग्रह गर्छु । संविधानमा समाजवादउन्मुख राज्य व्यवस्थाको परिकल्पना गरेको छ । यसमा ध्यान जाओस् । सरकार एक्सनमा जाओस् । स्टन्ट गरेर समय बर्बाद नगरोस्,’ उनले संसदमा भने ।
ट्रायल गरेर समय बर्बाद गरिँदा युवालाई सम्बोधन गर्न नसकिने उनले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।