काठमाडौं– संसदीय दलको नेता चयनका विषयमा छलफल गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक आज सिंहदरबारस्थित दलको कार्यालयमा बस्दैछ।
कांग्रेसका नेताहरुका अनुसार संसदीय दलको नेता सर्वसम्मतिबाट चयन गर्ने तयारी छ। गत फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनमा सभापति गगन थापासहित सबै शीर्ष नेता पराजित भएपछि दलको नेतामा अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, निस्कल राईलगायतको दाबेदारी रहेको छ।
सभामुख चयन नगरुन्जेल प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले संसद बैठकको अध्यक्षता गरेकाले कांग्रेस दलको नेता चयनमा बिलम्ब भएको थियो। आइतबार सभामुखमा निर्वाचित डोलप्रसाद अर्यालले अब प्रतिनिधिसभा बैठक सञ्चालन गर्नेछन्। संसदमा प्रतिनिधित्व भएका रास्वपा, नेकपा एमाले, नेकपा, राप्रपा र श्रम संस्कृत पार्टीले संसदीय दलको नेता चयन गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।