काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राईले सरकारले विदेशी ऋण लिन गरेको निर्णयको विरोध गरेका छन् ।
राईले विदेशी ऋण घटाउनुपर्नेमा उल्टै थप ऋण लिनु गलत भएकोले त्यसलाई नस्वीकार्ने प्रतिक्रिया दिएका हुन् ।
आइतबार बसेको मन्त्रिषरिषद्को बैठकले डिजिटल नेपाल ट्रान्फर्मेसन प्रोजेक्टका लागि ९० मिलियन अमेरिकी डलर (२८ खर्ब) बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको थियो । अध्यक्ष राईले सो निर्णयको विरोध गरेका हुन् ।
सरकारले विदेशी ऋण लिएर डिजिटल कुरामा लगानी गर्नुभन्दा नागरिकका आधारभूत कुरामा ध्यान दिनुपर्ने उनको भनाइ छ । देशको विकासका लागि सबैभन्दा पहिला उत्पादानमा जोड दिनुपर्ने उनले तर्क गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।