काठमाडौं– सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल हाजिरी जमानीमा रिहा भएका छन् ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अग्रवाललाई बोलाएका बखत उपस्थित हुने गरी आइतबार छाडेको हो । सोही कसुरमा उनका छोरा शंकर ग्रुपकै सञ्चालक सुलभ अग्रवाल भने विभागको हिरासतमा छन् ।
विभागका महानिर्देशक गजेन्द्र ठाकुरका अनुसार अग्रवाललाई हाजिरी जमानीमा रिहा गरिएको र सुलभलाई हिरासतमै राखेर अनुसन्धान गर्न अदालतसमक्ष १० दिनको म्याद मागिएको छ ।
विभागले शंकरलाललाई शुक्रबार पक्राउ गरेको थियो । उनी पक्राउपछि छोरासमेत रहेका जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ फरार भएकामा उनी पनि आइतबार समातिएका थिए ।
इन्फिनीटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट पक्राउ परेपछि उनीसँगै जोडिएका शंकास्पद कारोबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण अनुसन्धानमा शंकर ग्रुपका सञ्चालकहरु पनि तानिएका थिए ।विभागले यो प्रकरणको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।