काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले लोकतन्त्र केवल भाषण र बहस मात्रै नभई परिणामले बलियो हुने बताएकी छन् ।
स्वस्थ बहस आवश्यक रहेको भन्दै उनले बहस केवल बहसमै सीमित रह्यो भने जनताको विश्वास कमजोर बनाने बताईन् ।
प्रतिनिधि सभा बैठकमा सभामुखमा डीपी अर्याललाई समर्थन गर्ने क्रममा उनले यसपटकको संसद् पक्ष र विपक्षको सीमाभन्दा माथि उठ्नैपर्ने जिकिर गरिन् ।
सांसद गौतमले भनिन्, ‘त्यसैले यसपटकको बहस अर्थपूर्ण, उत्तरदायी र परिणाम दिने हुनुपर्छ, ताकि संसद जनताको अपेक्षाको साँचो प्रतिविम्ब बन्न सकोस् ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।