काठमाडौँ –नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभा संसदीय दलको नेता टुंगो लगाएको छ ।
पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसद् अन्तर्गत माथिल्लो सदन राष्ट्रिय सभाका लागि संसदीय दलको नेतामा झक्कुप्रसाद सुवेदीलाई नियुक्त गरेका छन् ।
यसअघि राष्ट्रिय सभामा नेकपाबाट संसदीय दलको नेता नारायणकाजी श्रेष्ठ थिए ।
त्यसयता खाली रहेको संसदीय दलको नेतामा प्रचण्डले सुवेदीलााई चयन गरेका हुन् । राष्ट्रिय सभामा नेकपा अहिले पनि काँग्रेसपछि दोस्रो ठूलो दलको हैसियतमा छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।