काठमाडौँ– प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान गरेका छन् ।
प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार बैठक आज दिउँसो १ बजे बस्ने तय गरिएको छ ।
बैठकमा देशभर देखिएको तेल अभाव, कालोबजारी नियन्त्रण तथा बढ्दो महँगीको अवस्थाबारे गम्भीर छलफल हुने बताइएको छ । साथै, आपूर्ति व्यवस्थापन, बजार अनुगमन र मूल्य नियन्त्रणसम्बन्धी विषयमा आवश्यक निर्णय गरिने जनाइएको छ ।
यससँगै केही प्रशासनिक निर्णय पनि हुनेछन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।