काठमाडौँ– प्रतिनिधि सभाको आजको बैठकबाट निर्विरोध निर्वाचित सभामुख डोलप्रसाद अर्याललाई ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सफल कार्यकालको शुभकामनासहित बधाई ज्ञापन गरेका छन् ।
बैठकमा उक्त पदका उम्मेदवारको सूचना दिने प्रस्तावक र समर्थकको मन्तव्यपछि बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य केसीले श्री अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।
प्रतिनिधि सभाको आजको बैठक निकै छोटो र सहमतिको वातावरणमा सम्पन्न भएको छ।
प्रतिनिधि सभाको अर्को बैठक यही चैत २३ गते सोमबार अपराह्न १:०० बजे हुनेछ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।