काठमाडौं– इरान युद्ध जारी रहँदा अमेरिकामा स्थल सेनाका प्रमुख जनरल जर्ज र्यान्डीले राजीनामा दिएका छन् । तर, यो राजीनामा स्वेच्छाले नभएर ट्रम्प प्रशासनले सिर्जना गरेको दबाबपछि आएको अमेरिकी सैन्य अधिकारीहरूले सीएनएनसँग बताएका छन् ।
सीएनएनलाई एक सुरक्षा अधिकारीले बताएअनुसार जनरल जर्जसँगै अन्य दुई वरिष्ठ सैनिक अधिकारीले पनि बिहीबारै राजीनामा गरेका छन् । ‘बिहीबार हेग्सेथले अन्य दुई सेना प्रमुखहरूलाई पनि बर्खास्त गरे,’ ती अधिकारीले भनेका छन्, ‘चिफ अफ च्याम्पलियन्स मेजर जनरल विलियम ग्रिन जुनियर र आर्मी ट्रान्सफर्मेशन एन्ड ट्रेनिङ कमाण्का प्रमुख डेभिड होड्ने बर्खास्तीमा परेका हुन् ।’
राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धको बारेमा राष्ट्रलाई सम्बोधन गरेको भोलिपल्टै हेग्सेथको दबाबमा तीन जनरलले राजीनामा दिएका हुन् । ट्रम्पले अमेरिकाले इरानमाथि आक्रमण तीव्र पार्ने संकेत थिए । उनले दुईदेखि तीन साताभित्र इरान युद्ध सकिने पनि बताएका छन् ।
पेन्टागनका प्रमुख प्रवक्ता शन पार्नेलले बिहीबार जर्जको अवकाशको पुष्टि गर्दै सामाजिक सञ्जालमा लेखेका छन् , ‘जनरल र्यान्डी ए. जर्जले तुरुन्तै लागू हुने गरी सेनाको ४१ औं प्रमुखको रूपमा आफ्नो पदबाट अवकाश लिँदैछन । युद्ध विभाग जनरल जर्जको हाम्रो राष्ट्रप्रति दशकौंको सेवाको लागि कृतज्ञ छ ।’ बिहीबारको आकस्मिक घोषणाले वरिष्ठ सेना नेतृत्व अचम्ममा परेको अर्का एक अमेरिकी अधिकारीले सीएनएनलाई बताए ।
‘जर्जले बिहीबार बैठकमा छँदा हेग्सेथको फोन कलबाट आफुलाई हटाउन लागिएको थाहा पाए । त्यसपछि उनले आफ्ना कर्मचारीसँग घोषणाको बारेमा व्यक्तिगत रूपमा कुरा गरे । उनीअन्तर्गतका कर्मचारीहरू धेरै उदास थिए,’ ती अधिकारीले भने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।