काठमाडौं– नेकपा एमालेले कार्यवाहक अध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले बिहीबार संसदमा दिएको विवादास्पद अभिव्यक्ति सच्याएको छ।
च्यासलमा बसेको सचिवालय बैठकले विशेषगरी नेपाली सेना, कर्मचारीतन्त्र र अन्तर्राष्ट्रिय समुदायलाई लिएर बादलबाट आएको अभिव्यक्तिलाई लिएर बैठकमा गम्भीर छलफल भएको र ती निकायप्रति सदैव पार्टीको सम्मान रहेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
‘बैठकले मुलुकको संविधान र प्रचलित कानुनबमोजिम निर्माण भएका नेपाली सेनालगायत राज्यका सबै सुरक्षा निकाय, निजामती प्रशासन (व्यूरोक्रेसी) र अन्तराष्ट्रिय समुदायप्रति हाम्रो पार्टीको सम्बन्ध पूर्ववत् एवम् मित्रवत् रहेको र यस्तो सम्बन्ध भविष्यमा अझ सुदृढ बनाइने कुरा स्पष्ट पारेको छ’, बैठकपछि एमालेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।