काठमाडौं– नेपाली कांग्रेसले संसदीय दल नेता चयन गर्ने प्रयोजनका लागि निर्वाचन समिति गठन गरेको छ। पार्टीले दिएको जिम्मेवारीअनुसार सभापति गगन थापाले निर्वाचन समिति बनाएका हुन्।
निर्वाचन समितिमा सहमहामन्त्री प्रकाश रसाइली, मुना भुसाल र राजु कटुवाल छन्। महामन्त्री प्रदीप पौडेलले संसदीय दल नेता चयन प्रयोजनका लागि निर्वाचन समिति बनिसकेको र छिट्टै कार्यतालिका आउने बताए।
‘पार्टीले सभापतिज्यूलाई निर्वाचन समिति बनाउने जिम्मेवारी दिएकोमा उहाँले उक्त समिति बनाइसक्नुभएको छ,’ उनले भने, ‘चैत २४ गते संसदीय दल नेता चयन गर्ने गरी निर्वाचन कार्यतालिका आउँछ।’
उनले संसदीय दल नेता सर्वसम्मत रूपमा चयन भए राम्रो हुने पनि बताए। संसदीय दल नेताका आकांक्षीहरूसँग छलफल भइनसकेको पनि उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।