काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।
ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा कार्यवाहक अध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा (बादल)को अभिव्यक्तिपछि एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको हो ।
सचिवालयकै कतिपय नेताले बादलको अभिव्यक्तिको आलोचना गरिरहेका छन् । अर्का उपाध्यक्ष विष्णु पौडेलले बादलको अभिव्यक्तिमा असन्तुष्टि जनाउँदै हिजो नै आज सचिवालय बैठक बस्ने र बैठकमा बादलले दिएको अभिव्यक्तिमाथि छलफल हुने बताएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।