काठमाडौँ– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले सरकार जनताको चाहना अनुसार अघि बढ्ने बताएका छन्।
शुक्रबार संघीय संसद सचिवालय परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी र सरकार दुवै जनताको चाहनाअनुसार अघि बढ्ने टिप्पणी गरेका हुन्।
सांसद सिंहले सरकारले कुनै पनि खालको भ्रष्टाचार र कुशासन स्वीकार नगर्ने बताए। उनले जनताले विश्वास गरेर मत दिएकाले त्यसको सदुपयोग हुनेगरी अघि बढ्ने बताए। उनले सरकारले जनतामा परिवर्तनको अनुभूति हुनेगरी काम गर्ने भन्दै तीन महिनासम्म त्यसको सूक्ष्म निगरानी गर्न सञ्चारकर्मीसँग आग्रह गरे।
‘हामी जनताको जीविकामा परिवर्तन देखाएर हाम्रो सरकार र पार्टीले जनतामा परिवर्तनको आभास गराउँछ’, उनले भने, ‘म सम्पूर्ण सञ्चारकर्मीहरुलाईँ विनम्रतापूर्वक के आग्रह गर्न चाहन्छु भने- सरकारको काम तपाईँहरूले तीन महिना सूक्ष्म तरिकाले हेरिदिनुस्।’
सांसद सिंहले सरकारले कामलाई प्रभावकारी बनाउने गरी पार्टीले अघि बढ्ने पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।