काठमाडौँ – रास्वपा उपसभापति डीपी अर्यालले सभामुखका लागि उम्मेदवारी दर्ता गरेका छन् ।
शुक्रबार उनले सभामुखका लागि मनोनयन दर्ता गरेका थिए । मनोनयन दर्ता गराउन रास्वपा सभापति रवि लामिछानेसहितको टोली संसद सचिवालय पुगेको थियो।
संसदमा रास्वपाको एकल बहुमत रहेको हुँदा अर्याल सभामुख बन्ने निश्चित छ । मनोनयन दर्तापछि अर्याललाई सभापति लामिछानेले अंकमाल गरेर बधाई दिएका थिए ।
लामिछानेले अर्याललाई सभामुख बनाउन प्रस्तावक बसेका छन् भने स्वर्णिम वाग्ले, सुनिल लम्साल र सोविता गौतम समर्थक बसेका छन् । बिहीबार रास्वपाले अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । सभामुखका लागि आज दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । आजै साढे २ बजे उम्मेदवारको सूची प्रकाशन हुनेछ ।
२२ गते बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक रूपमा छलफल हुने र दर्ताक्रमअनुसार निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।