काठमाडौँ – प्रतिनिधिसभाको सभामुख चयनका लागि आज मनोनयन दर्ता हुँदै छ ।
२२ गते हुने निर्वाचनका लागि आज बिहान ११ देखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । आजै साढे २ बजे उम्मेदवारको सूची प्रकाशन हुनेछ ।
२२ गते बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक रूपमा छलफल हुने र दर्ताक्रमअनुसार निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले अर्याललाई सभामुख बनाउने प्रस्ताव गरेका थिए । लगत्तै बैठकले सर्वसम्मत अनुमोदन गरेको थियो ।
प्रतिनिधिसभामा रास्वपाको बहुमत भएकाले अर्याल सभामुख बन्ने निश्चित छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।