काठमाडौँ– प्रतिनिधिसभाको सभामुखको निर्वाचन २२ गते हुने भएकाे छ । सभामुखको निर्वाचनका लागि संघीय संसद सचिवालयले कार्यतालिका सार्वजनिक गरेको हाे ।
प्रतिनिभिसभाको आजदेखि सुरु भएको पहिलो अधिवेशनको पहिलो बैठकमा अध्यक्षता गर्ने ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले दिएको निर्देशनबमोजिम संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयले कार्यतालिका सार्वजनिक गरेका हुन् ।
सो कार्यतालिकाबमोजिम २० चैत बिहान ११ बजेदेखि २ बजेसम्म प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नियमावलीको ढाँचामा प्रस्तावको सूचना (मनोनयन) संसद सचिवालय, सिंहदरबारमा दर्ता गर्ने कार्यक्रम छ ।
सोही दिन २ः३० बजेदेखि तोकिएको समयमा दर्ता भएका उम्मेदवारीको सूचना दर्ता क्रमअनुसार सूची प्रकाशन हुनेछ ।
दर्ता भएका प्रस्तावका सूचनालाई २२ चैतमा हुने प्रतिनिधिसभाको बैठकमा प्रस्तावले प्रस्ताव र समर्थकले समर्थन गर्ने र सामूहिक छलफलपश्चात् निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।