काठमाडौं– जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
प्रहरीले १० दिन म्याद थपको अनुमति मागेकोमा अदालतले २ दिनमात्र दिएको हो ।
लेखक पक्षका वकिलहरुले इजलासमा बहसका क्रममा उनको बयान लिने काम सकिएको, भागेर जाने अवस्था नरहेको र सिडिओ तथा प्रहरीले गर्ने नियमित काममा गृहमन्त्रीको कानूनी कुनै भूमिका नरहने तर्क गर्दै म्याद थप्न आवश्यक नरहेको जिकिर गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।