काठमाडौं– नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले कांग्रेस जेनजी विद्रोहले उठाएको मुद्दालाई निष्कर्षमा पुर्याउन प्रतिबद्ध रहेको बताएका छन्।
प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै जिम्मेवार प्रतिपक्षको रूपमा परिवर्तनलाई साथ दिन र खबरदारी गर्न तयार रहेको बताए। परिवर्तनको स्वरलाई आत्मसाथ गरेर नै विशेष महाधिवेशनबाट विभिन्न दृष्टिकोण पारित गरेको स्मरण गरे।
उनले अहिले विशेष महाधिवेशनबाट गगन थापालाई सभापति बनाएर बदलिएको समय र बदलिएको समाजको अनुरूपको रूपान्तरणमा प्रवेश गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।