काठमाडौँ– नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ६०० रुपैयाँले घटेको छ।
महासंघका अनुसार सुनको सुनको मूल्य प्रतितोला २ हजार ९४ हजार रुपैयाँ तोकिएको हो हिजो सुन प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज प्रति १० ग्राम सुनको मूल्य २ लाख ५२ हजार ६० रुपैयाँ कायम भएको छ । यस्तै अघिल्लो दिन प्रति १० ग्राम २ लाख ५५ हजार १४५ रुपैयाँ थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी प्रतितोला १६५ रुपैयाँले घटेर ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला ४,९४५ रुपैयाँ थियो।
त्यस्तै, आज प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार ९८ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार २४० रुपैयाँ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।