काठमाडौँ– नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र विकसित पछिल्ला गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न तहमा योजनाबद्ध रूपमा दबाब सिर्जना भइरहेको टिप्पणी गरेका छन्।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का निकट समूहको बैठकमा बोल्दै उनले पार्टीलाई कमजोर बनाउने किसिमका प्रयासहरू भइरहेको दाबी गरेका हुन्।
उनले संस्थापन पक्षसँग संवाद र सहमतिको आवश्यकता स्वीकार्य रहेको उल्लेख गर्दै त्यसका लागि आत्मसम्मानमा आघात पुग्ने गरी अघि नबढ्ने स्पष्ट पारे। उनका अभिव्यक्तिलाई गगन थापा प्रति लक्षित रूपमा बुझिएको बैठकमा सहभागी नेताहरूले बताएका छन्।
बैठकमा सहभागी एक नेताका अनुसार कोइरालाले वर्तमान अभ्यासलाई ‘नियन्त्रित लोकतन्त्र’तर्फ उन्मुख भएको भन्दै आलोचना गरेका थिए। साथै, पार्टीलाई कमजोर बनाउने उद्देश्यका साथ विभिन्न प्रकारका रणनीतिक प्रयास भइरहेको उनको भनाइ उद्धृत गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।