काठमाडौं– नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल निर्वाचित भएका छन्। सुहाङ नेम्वाङले उम्मेदवारी फिर्ता लिएपछि बादल निर्विरोध निर्वाचित भएका हुन्।
सुहाङ नेम्वाङले उम्मेदवार फिर्ता लिएसँगै बादल दलको नेता चयन भएको निर्वाचन समितिका संयोजक नीरज आचार्यले जानकारी दिए । दलको नेतामा इलाम–२ बाट निर्वाचित युवा सांसद नेम्वाङले पनि दाबी गरेका थिए ।
भर्खर सम्पन्न निर्वाचनमा एमालेले जम्मा २५ सिट जितेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।