काठमाडौँ– नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विषय प्रतिनिधि सभा बैठकमा राख्ने भएको छ ।
एमालेको मंगलबार बसेको सचिवालय बैठकले संसदमा ओली पक्राउको विरोध गर्दै विषय उठाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । संघीय संसदको बैठक चैत १९ गतेका लागि बोलाइएको छ ।
यस्तै एमालेले पक्राउको विषयमा सडकबाट पनि विरोधका कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।
एमालेले अध्यक्ष ओलीलाई प्रतिशोध र पूर्वाग्रही ढंगले पक्राउ गर्ने काम भएको भन्दै राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय समेत गरेको पोखरेलले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।