काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक जारी छ।
पार्टी कार्यालय च्यासलमा आज आज जारी बैठकमा पार्टीका आगामी कार्यदिशाबारे छलफल हुने बताइएको छ।
अध्यक्ष केपी शर्मा ओली पक्राउपछि एमालेको सचिवालय बैठक बसेको यो दोस्रोपटक हो। गत शनिबार ओली पक्राउ परेकै दिन उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको सचिवालय बैठकले विरोधका कार्यक्रम तय गरेको थियो।
बैठकमा संसदीय दलको नेता चयनको विषयमा पनि बैठकमा छलफल भइरहेको छ। प्रतिनिधसभाको पहिलो बैठक चैत १९ दिउँसो २ बजेका लागि बोलाइएकाले एमाले दलको नेता चयनको तयारीमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।