काठमाडौं– नेपाली कांग्रेसको चौधौँ महाधिवेशन (चौम)बाट निर्वाचित केन्द्रीय समितिको बैठक काठमाडौँमा आह्वान भएको छ ।
सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले बैठक डाकेको हो । कार्यबाहक सभापति पूर्णबहादुर खड्काले काठमाडौँमा दुई दिने बैठक आह्वान गरेका हुन् ।
कार्यवाहक सभापति खड्का निकटका नेताका अनुसार आज चैत १६ गते चैत १६ नवनिर्वाचित सांसदहरूलाई बधाई एवम् छलफलका रुपमा कार्यक्रम शुरु गरेर केन्द्रीय समितिको बैठकको छलफलको तयारी गरिएको हो ।
ती नेताका अनुसार, चैत १७ र १८ गते चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति बैठक डाकिएको छ । यस्तै, चैत १९ पार्टीका जिल्ला सभापतिहरुसँग छलफल तय भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।