काठमाडौं - जेनजी आन्दोलनका विषयलाई लिएर शनिबार बिहान पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अस्पतालबाटै भर्चुअल माध्यममार्फत काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने भएको छ। मुटुको चालमा गडबडी देखिएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ।
ओलीलाई भौतिक रूपमै अदालत उपस्थित गराउने तयारी गरिएको भए पनि स्वास्थ्य अवस्था प्रतिकूल रहेको भन्दै भर्चुअल रुपमा उपस्थित गराउन लागिएको हो। चिकित्सकहरूको रायपछि अदालतले प्रविधिको प्रयोग गर्दै भर्चुअल माध्यमबाटै म्याद थप वा बयानको प्रक्रिया अगाडि बढाउने तयारी गरेको स्रोतले जनाएको छ।
ओली र सोही मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकविरुद्धको मुद्दा न्यायाधीश आनन्द श्रेष्ठको इजलासमा परेको छ। पूर्वगृहमन्त्री लेखकलाई भने प्रहरीले आइतबार नै अदालतमा भौतिक रूपमा उपस्थित गराइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।