काठमाडौं– पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न माग गर्दै एमालेले आन्दोलन सुरू गरेको छ ।
यसैक्रममा जनसंगठनका नेता कार्यकर्ताले काठमाडौंको माइतीघर क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । माइतीघरको प्रहरी ब्यारिगेट तोडेर प्रदर्शनकारी बानेश्वरतर्फ बढेका छन् । यस क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ । प्रदर्शनको कारण अहिले गाडीसमेत अवरोध भएको छ ।
प्रहरी बाक्लो संख्यामा परिचालन गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको विरुद्धमा नारााबाजी गर्दै प्रहरीको घेरा तोड्दै आक्रोशित रूपमा प्रदर्शनकारी अघि बढेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।