काठमाडौं– नेकपा एमालेको सचिवालय बैठकको रिपोर्टिङ गर्न गएका पत्रकारहरुमाथि एमालेका कार्यकर्ताहरुले हातपात गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा रिपोर्टिङका क्रममा कार्यकर्ताहरुले दुर्व्यवहारसहित हातपात गरेका हुन् ।
अनलाइनखबरका पत्रकार कौसल काफ्ले, प्रसुन संग्रौला र कान्तिपुरका दया दुदराजलाई फोटो खिच्न खोजेको भन्दै गाली गलौज गर्दै दुर्व्यवहार गरेका हुन् ।
‘देश जल्दा तिमिहरूको क्यामेरा कहाँ थियो ?’ भन्दै पार्टीका कार्यकर्ताले पत्रकारमाथि हातपात गरेका हुन् ।
यसअघि पनि उनीहरूले केही पत्रकारलाई लखेटेका थिए ।
शनिबार बिहान अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि एमालेले च्यासलमा आकस्मिक सचिवालय बैठक बोलाएको थियो । सोही बैठक कभरेज गर्न पुगेका पत्रकारमाथि पार्टी कार्यकर्ताले गालीगलौज गर्दै हातपात गरी लखेटेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।