काठमाडौं– नवनियुक्त प्रधानमन्त्री बालेन शाह सरकारी निवास बालुवाटार सरेका छन् ।
प्रधानमन्त्रीको शपथ लिएर सिंहदरबारमा पदबहाली गरी प्रधानमन्त्री शाह साइत पारेर बालुवाटार प्रवेश गरेका हुन् ।
प्रधानमन्त्रीको निवासको बालुवाटारमा सरकारी निवासकाे व्यवस्था गरिएको छ । उनी निवास छिर्नु अघि विशेष पूजापाठ गरिएकाे थियाे । उनी आजै प्रधानमन्त्री नियुक्त भएका थिए ।
उनले राष्ट्रपति कार्यालयमा शपथ लिएर प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद्को बैठक बसेर निवासमा फर्केका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।