काठमाडौ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सिंहदबारमा संसदको शपथ लिएर सर्वोच्च अदालतमा अवहेलना मुद्दामा तारिख बुझेका छन् ।
शपथ लिएपछि सोही पोसाकमै उनी सर्वोच्च पुगेका थिए । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार काठमाडौ महानगरपालिकाको मेयरको रुपमा उनी विरुद्ध दायर भएको अदालतको अवहेलनान मुद्दा आफैं उपस्थित हुनु भनि आदेश भएकाले उनी तारेख लिन गएका हुन् । उक्त मुद्दाको पेसी जेठ १४ गते तोकिएको छ ।
तीन वर्षअघि उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्म नरोक्न महानगरविरुद्ध अन्तरिम आदेश जारी गरेपछि बालेन आक्रोशित भएर दिएको अभिव्यक्तिलाई लिए उनी विरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको थियो । उनले सामाजिक सञ्जालमार्फत छिमेकी मित्रराष्ट्र भारतसँग अदालत र सरकारलाई जोडेर आपत्तिजनक लाञ्छना लगाएको जिकिरसहित अधिवक्ता वर्षाकुमारी झाले अवहेलना मुद्दा दर्ता गरेकी थिइन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।