• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख ५, २०८३ Sat, Apr 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

टोङ्गा नजिक ७.६ म्याग्निच्युडको भूकम्प

64x64
नेपाल लाइभ मंगलबार, चैत १०, २०८२  १४:३४
1140x725

एजेन्सी–  दक्षिण प्रशान्त महासागरको टोङ्गा नजिकै शक्तिशाली भूकम्प गएपछि स्थानीय प्रशासनले तटीय क्षेत्र खाली गराउन चेतावनी जारी गरेको छ ।

७.६ म्याग्निच्युडको यो भूकम्पले क्षेत्रीय रूपमा त्रास फैलाए पनि हालसम्म ठूलो क्षति वा सुनामीको खतरा नदेखिएको जनाइएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण (युनाइटेड स्टेट्स जियोलोजिकल सर्भे) का अनुसार भूकम्प मङ्गलबार साँझ स्थानीय समयअनुसार करिब २३७ किलोमिटर गहिराइमा गएको हो । सामान्यतया सतही भूकम्प बढी महसुस हुने भए पनि यस भूकम्पको गहिराइ बढी भएकाले सतहमा प्रभाव केही सीमित भएको अनुमान गरिएको छ।

भूकम्पको केन्द्र टोङ्गाको दोस्रो ठूलो सहर नियाफुबाट करिब १५३ किलोमिटर पश्चिम समुद्रमा रहेको बताइएको छ । प्रारम्भिक विवरणअनुसार कुनै ठूलो क्षति वा मानवीय हताहतको पुष्टि भएको छैन ।

टोङ्गाको राष्ट्रिय विपद् जोखिम व्यवस्थापन कार्यालयले तल्लो तटीय क्षेत्रका बासिन्दालाई तुरुन्तै उच्च स्थान वा भित्री भागमा सर्न निर्देशन दिएको छ । कार्यालयले समुद्र तट, किनार क्षेत्र र न्यून उचाइका स्थानहरूबाट टाढा रहन आग्रह गरेको छ र स्थिति सामान्य नभएसम्म सतर्क रहन भनेको छ ।

nimb
nimb
Ncell 2
Ncell 2

यद्यपि अमेरिकी भूगर्भ सर्वेक्षणले यस भूकम्पपछि सुनामीको औपचारिक चेतावनी जारी गरेको छैन । हवाईस्थित प्यासिफिक सुनामी चेतावनी केन्द्रले पनि भूकम्प गहिराइमा भएकाले सुनामीको जोखिम नरहेको जनाएको छ ।

टोङ्गा पोलिनेसियामा अवस्थित एक द्वीपसमूह हो । यहाँ १७१ टापुहरू रहेका छन् र एक लाखभन्दा बढी जनसङ्ख्या बसोबास गर्छ । अधिकांश मानिसहरू मुख्य टापु टोङ्गाटापुमा बस्छन् । मङ्गलबारको भूकम्प भने भाभाउ टापु समूह नजिक केन्द्रित भएको थियो ।

टोङ्गाटापुको नुकुआलोफा सहरस्थित तानोआ इन्टरनेसनल डेटलाइन होटलमा रहेका एक व्यक्तिले भूकम्पका कारण भवन हल्लिएको अनुभव भएको तर अन्य क्षति नभएको जानकारी दिनुभयो । “पूरै भवन हल्लिएको थियो, तर सबै सुरक्षित छन्”, उहाँले भन्नुभयो ।

प्रहरीले तत्काल औपचारिक प्रतिक्रिया दिएको छैन भने विस्तृत मूल्याङ्कन अझै जारी रहेको जनाइएको छ ।

टोङ्गा ‘प्यासिफिक रिङ अफ फायर’ क्षेत्रमा पर्छ, जहाँ विश्वका अधिकांश भूकम्प र ज्वालामुखी गतिविधि हुने गर्छन् । सन् २०२२ मा यहाँ भएको ज्वालामुखी विस्फोटपछि आएको सुनामीका कारण तीन जनाको मृत्यु भएको थियो ।

न्युजिल्यान्डबाट करिब एक हजार ८०० किलोमिटर उत्तरपूर्वमा रहेको टोङ्गा नजिकको यस भूकम्पपछि न्युजिल्यान्डको विपद् व्यवस्थापन निकायले आफ्नो देशमा भने कुनै सुनामी जोखिम नरहेको स्पष्ट पारेको छ ।

 

प्रकाशित मिति: मंगलबार, चैत १०, २०८२  १४:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकी नागरिक पक्राउ
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
कैलालीमा मरेको कुखुराको मासु खाँदा दाजुभाइको मृत्यु, आमा र भाइ बिरामी
सम्बन्धित सामग्री
अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न राष्ट्रसङ्घीय प्रमुखको आग्रह अन्तर्राष्ट्रिय अदालतको ८० औँ वार्षिकोत्सवको अवसरमा जारी वक्तव्यमा गुटेरेसले विगत आठ दशकमा आधुनिक अन्तर्राष्ट्रिय न्यायीक व्यवस्थाला... शनिबार, वैशाख ५, २०८३
म्यानमारकी आङ सान सुकीलाई तत्काल रिहा गर्न आग्रह नेतृ सुकीको सजाय शुक्रबार घटाएपछि तुर्कको यो भनाइ आएको हो। शुक्रबार, वैशाख ४, २०८३
फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु आफुहरुको पक्षमा  कुनै हताहत नभएको  उल्लेख गर्दै  बन्दुक र विस्फोटकहरू बरामद गरेको सेनाले जनाएको छ। शुक्रबार, वैशाख ४, २०८३
ताजा समाचारसबै
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकी नागरिक पक्राउ शनिबार, वैशाख ५, २०८३
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक शनिबार, वैशाख ५, २०८३
कैलालीमा मरेको कुखुराको मासु खाँदा दाजुभाइको मृत्यु, आमा र भाइ बिरामी शनिबार, वैशाख ५, २०८३
‘सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी जारी रहन्छ’ : डोनाल्ड ट्रम्प शनिबार, वैशाख ५, २०८३
कच्चापदार्थ महँगिएपछि प्रशोधित पिउने पानीको मूल्य बढाउने महासंघको निर्णय शनिबार, वैशाख ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
शिक्षा समितिको सभापतिमा डा. ओजस्वी शेरचन विजयी शुक्रबार, वैशाख ४, २०८३
सर्वोच्चको फैसलापछि महामन्त्रीद्वयको प्रतिक्रिया–न्यायपूर्ण फैसला, हारजितको विषय होइन शनिबार, वैशाख ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्