काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनपछि हतास भएर राजीनामा नदिएको बताएका छन् ।
निर्वाचनपछि चुनावबारे पहिलोपटक मंगलबार केन्द्रीय कार्यसमितिलाई सम्बोधन गर्दै उनले हतारो र हतास भएर राजीनामा नदिएको बताएका हुन् ।
जवाफदेहिताको लागि लागि आफूले राजीनामा दिएको उनले बताए । निर्वाचनलगत्तै राजीनामा दिन चाहे पनि निर्वाचनका प्रक्रिया बाँकी रहेकोले आफूले ढिलोगरी राजीनामा दिएको उनले बताए ।
टिमको कप्तानको रूपमा निर्वाचनमा गएकोले आफूले जिम्मेवारी लिनुपर्छ भनेर राजीनामा दिएको उनले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।