काठमाडौँ– केन्द्रीय समितिबाट राजीनामा अस्वीकृत भएसँगै नेपाली कांग्रेसका सभापति गगन थापा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा पुगेका छन्।
यसअघि तीन दिनसम्म बसेको केन्द्रीय समिति बैठकले सभापति गगन थापाको राजीनामा अस्वीकृत सहित ६ बुँदे निर्णय गरेको थियो ।
पार्टीको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले बैठक दिउँसो १ बजे बैठक बस्ने बताए ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले बताए ।
बैठकले संविधान संशोधन अध्ययनका लागि विज्ञ समिति गठन गर्ने महामन्त्री प्रदीप पौडेलले जानकारी दिए । साथै १५ औँ महाधिवेशन तयारीबारे पनि बैठकमा छलफल हुने उनले बताए ।
उम्मेदवारसँग प्रदेशस्तरीय निर्वाचन समीक्षा, प्रदेश तथा स्थानीय सरकारको प्रभावकारी सञ्चालन, भ्रातृ संघ, शुभेच्छुक संस्था तथा जनसम्पर्क समितिबारे छलफल बैठकको मुख्य एजेन्डा रहेको उनले उल्लेख गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।