• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नयाँ सांसदहरू नेपालीबाहेकका भाषामा पनि शपथ लिँदै, कसको रोजाइ के

64x64
नेपाल लाइभ सोमबार, चैत ९, २०८२  २०:३८
1140x725
फाइल तस्बिर

काठमाडौं– नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराउने तयारी अन्तिम चरणमा पुगेको सङ्घीय संसद्‌ सचिवालयका प्रवक्ताले बताएका छन्। सिंहदरबार परिसरभित्र निर्माणाधीन सड्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा सांसदहरूलाई शपथ गराउने कार्यक्रम तय भएको छ।

नवनिर्वाचित सांसदमध्ये सबैभन्दा ज्येष्ठ सदस्यका हैसियतमा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले बाँकी सदस्यहरूलाई शपथ गराउने छन्।

त्यसका लागि पहिला उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट चैत ११ गते राष्ट्रपति भवन शीतल निवासमा शपथ गराउने कार्यक्रम रहेको उनको कार्यालयले जनाएको छ। त्यसपछि केसीले बाँकी सांसदहरूलाई चैत १२ गते दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ गराउने संसद् सचिवालयस्थित अधिकारीहरूले बताएका छन्।

संवैधानिक व्यवस्थाअनुसार सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि शपथ लिनुपर्छ।

सभामुख र उपसभामुखको निर्वाचन नभएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ।

कसले कुन भाषा रोजे?
प्रचलित अभ्यासानुसार नेपाली भाषाबाहेक मातृभाषामा पनि सांसदहरूले शपथ लिन पाउँछन्। त्यसका लागि सचिवालयले तोकेको समयसीमाभित्र सम्बन्धित सांसदहरूले जानकारी गराउनुपर्ने प्रवक्ता गिरीले बताए।

मातृभाषामा शपथ लिन चाहने सांसदहरूलाई प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन,२०७४ को अनुसूची-३ को ढाँचाको शपथको ब्यहोरा सम्बन्धित भाषामा अनुवाद गरी सो अनुवादको प्रति शपथ कार्यक्रमभन्दा तीन दिनअगावै सड्घीय संसद् सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा वा सो शाखाको इमेलमा उपलब्ध गराउन अधिकारीहरूले अनुरोध गरेका थिए।

त्यसअनुसार सोमवार १२ बजे रातिसम्म सांसदहरूले शपथको भाषाबारे जानकारी गराउन सक्ने प्रवक्ता गिरीले बताए। उनका अनुसार सोमवार साँझ ६ बजेसम्म नेपाली भाषाबाहेक विभिन्न १० वटा भाषामा शपथ लिने जानकारी सांसदहरूले गराएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

अहिलेसम्म २४ जना सांसदले नेपालीबाहेकका भाषामा शपथ लिने जानकारी संसद्‌ सचिवालयलाई गराएकामा मैथली र नेपाल भाषा धेरैको रोजाइमा रहेको छ। राप्रपाकी खुश्बु ओलीले संस्कृत भाषामा शपथ लिने जानकारी गराएकी छन् भने छ/छ जनाले नेपाल भाषा र मैथली भाषा रोजेका छन्।

त्यसबाहेक भोजपुरी, मगही, थारू, डोटेली, अवधिलगायत भाषा शपथका लागि सांसदहरूले रोजेका छन्। रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेका उसका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले अहिलेसम्म आफ्नो रोजाइबारे केही जानकारी नगराएको संसद्‌ सचिवालयका अधिकारीहरूले बताएका छन्।

"मातृभाषामा शपथ लिने जानकारी नआए स्वतः नेपाली भाषामा हुने बुझिन्छ। तर अहिले समय बाँकी छ। हेरौँ के हुन्छ?," एक अधिकारीले भने। काठमाण्डू महानगरपालिकाका मेअरमा निर्वाचित हुँदा बालेनले नेपालीमा शपथ लिएर फेरि त्यसलाई नेपाल भाषामा दोहोर्‍याएका थिए।

कसरी उपस्थित हुनुपर्छ?
शपथका लागि सङ्घीय संसद्‌ सचिवालयले तोकेबमोजिमका कागजपत्र तथा पोसाकमा सांसदहरू उपस्थित हुनुपर्ने व्यवस्था रहेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसअनुसार सदस्यहरूले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र (सक्कल तथा प्रतिलिपि), नागरिकताको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजका दुईप्रति फोटो लिएर जानुपर्ने हुन्छ।

औपचारिक वा आफ्नो सांस्कृतिक पहिचानको पोसाकमा निर्धारित समयभन्दा दुई घण्टाअगावै उपस्थिति हुन संसद्‌ सचिवालयले अनुरोध गरेको छ। प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको एक महिनाभित्र संसद्को अधिवेशन आह्वान हुनुपर्ने संविधानको धारा ९३ मा उल्लेख छ।

"राष्ट्रपतिले प्रतिनिधिसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सङ्घीय संसद्‌को अधिवेशन आह्वान गर्ने छ," संविधानमा भनिएको छ। संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले चैत मसान्तअगावै प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्ने अनुमान गरिएको छ।

संसदीय दलको कार्यालयका लागि सङ्घीय संसद्‌ सचिवालयस्थित पुरानै हलहरूको व्यवस्थापन गरिएको सचिवालयले जनाएको छ। प्रवक्ता गिरीका अनुसार संसदीय दलका पुरानै कार्यालयहरू दलहरूलाई उपलब्ध गराइएको छ। "त्यसमध्ये ठूलो दललाई अलि ठूलो हल उपलब्ध गराइएको छ," उनले अगाडि थपे।

"नेपाली कांग्रेस र नेकपा एमालेले पहिलाकै आआफ्नो संसदीय दलको कार्यालय पाउने भएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाली कम्युनिस्ट पार्टीको र उसले रास्वपाको पहिलाको संसदीय दलको कार्यालय पाउने छ।" राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीले विगतमा साना दलले पाएका संसदीय दलका कार्यालय पाउने प्रवक्ता गिरीले जानकारी दिए।बीबीसी नेपाली सेवा

प्रकाशित मिति: सोमबार, चैत ९, २०८२  २०:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? महाधिवेशनमा निर्वाचित उम्मेदवारमध्ये सर्वाधिक मत प्राप्त गर्ने शीर्ष १० जनाको सूचीमा सभापति थापासहित खुला केन्द्रीय सदस्य, महिला केन... शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले व्यक्तिगत कमजोरी वा गलत प्रवृत... शनिबार, असोज ३१, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति सहमति अनुसार श्रेष्ठसम्बन्धी विषय प्रेस काउन्सिल नेपालमा लगिनेछ। त्यस्तै, पन्तले पनि श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमा पोस्ट नगर्ने सह... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्