काठमाडौं–अमेरिकाले संसारभर रहेका आफ्ना नागरिकलाई सतर्क रहन आह्वान गरेको छ । पश्चिम एसियामा जारी तनावका बिच अमेरिकाले सावधानी अपनाउन आफ्ना नागरिकलाई अपिल गरेको हो ।
अमेरिकी विदेश विभागले सामाजिक सञ्जाल एक्समार्फत खासगरी पश्चिम एसियामा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको हो ।
विभागले भनेको छ : ‘समय समयमा एयर स्पेस हुँदा यात्रामा अवरोध आउन सक्छ । मध्यपूर्व बाहिरका कुटनीतिक नियोगहरु प्नि निशनामा परिरहेका छन् । त्यसैले इरानले विदेशमा रहेका अमेरिकी नागरिकहरुमाथि निशाना बनाउन सक्छ ।’
पछिल्ला दिन अमेरिका–इजरायल र इरानबिच पश्चिम एसियामा तनाव चर्किएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।