काठमाडौँ –निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मत परिणामसहितको प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई हस्तान्तरण गरेको छ।
सोमबार आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरू डा. जानकीकुमारी तुलाधर र सगुन शम्शेर जबरालगायत प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रतिवेदन हस्तान्तरण गरेका हुन्।
सरकारका तर्फबाट प्रधानमन्त्रीका अलावा गृहमन्त्री, कानुनमन्त्रीलगायतको उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।