एजेन्सी– कतारमा सैन्य हेलिकप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।
कतारको एउटा सैन्य हेलिकप्टर खाडी राष्ट्रको जलक्षेत्रमा दुर्घटना हुँदा त्यसमा सवार सातजनाको मृत्यु भएको सरकारी अधिकारीहरूलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
हेलिकप्टरमा सातजना सवार रहेकोमा ६ जनाको मृत्यु भएको थियो भने एक जना बेपत्ता भएका थिए। खोजी गर्दा उनको शव भेटिएको कतारको आन्तरिक मन्त्रालयले जनाएको छ।
नियमित ड्युटीका क्रममा हेलिकोप्टरमा प्राविधिक गडबडी आएपछि दुर्घटना भएको कतारको रक्षा मन्त्रालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।