काठमाडौं– साउदी अरबले इरानलाई आफ्नो देशमा हमला जारी राखे जवाफी आक्रमण गर्न बाध्य हुने चेतावनी दिएको छ ।
साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहानले भने, ‘हाम्रो धैर्यताको पनि एक सीमा छ।’ उनले इरानलाई चेतावनी दिँदै अघि भने, ‘हामी र हाम्रा खाडीका सहयोगीहरुसँग निकै क्षमता छ । हामीले चाह्यौं भने त्यो प्रयोग गर्न सक्छौं ।’
खाडी देशसँग शक्तिशाली वायु सेना रहेको छ । उनीहरु अमेरिका, बेलायत र फ्रान्ससँगको सहयोगमा यो शक्ति जुटाएका छन् । तर इरानविरुद्ध अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाहीमा सहभागी हुँदा जोखिम भने खाडी देशहरुलाई छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।