काठमाडौं– फूलपातीको बिदाको समयमा पनि उपत्यकामा अन्य दिन झैं सवारी साधनले इन्धन खरिद गरेका छन्। नेपाल आयल निगमले बिक्री गर्ने डिजल र पेट्रोल अन्य सामान्य झै बिक्री भएको हो ।
_x000D_
_x000D_
फूलपातीको दिन १२ लाख ५० हजार लिटर पेट्रोल र ५ लाख डिजेल वितरण भएको छ। आयाल निगमका अनुसार दसैंमा यात्रु बाहिरिने क्रम कायमै रहेकाले अन्य दिन झैं आज पनि इन्धनको बिक्री भइरहेको हो।
_x000D_
_x000D_
फुलपातीको दिन नजिकको दूरीमा रहेका गाउँमा व्यक्तिहरुको फर्कने क्रम चलिरहेको छ। दसैंको सातै दिन पनि यात्रुहरु उपत्यकाबाट बाहिरिने क्रम चलिरहेको छ। निगमका अनुसार हाल उपत्यकामा ७५ लाख लिटर इन्धन मौजाद रहेको छ।
_x000D_
_x000D_
इन्धन बिक्री वितरण केही दिन सुस्तता आउने भएकाले करिब एक साताको अवधिलाई यसले धान्ने निगमनको आकलन छ। थानकोट डिपोका प्रमुुख भरत रेग्मीले पेट्रोल बिक्री हालसम्कै उच्च भएको बताए।
_x000D_
_x000D_
निगमसँग डिजेल ४५ लाख लिटर र पेट्रोल ३० लाख लिटर मौज्दात रहेको उनले बताए। यसले कम्तीमा ५ दिनको माग धान्ने उनले बताए। ‘दसैंमा पेट्रोलियम आपूर्तिमा कुनै समस्या हुँदैन’ उनले भने ‘यो कम बिक्री हुने समय हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।