काठमाडौँ– टुँडिखेलमा आज परम्परागत घोडे जात्रा पर्व आयोजना गरिएको छ।
कार्यक्रममा नेपाली सेनाका तर्फबाट अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम तथा युद्धकला प्रदर्शन गरिएको थियो।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की लगायत संवैधानिक निकायका पदाधिकारीहरूले सहभागिता जनाएका थिए।
यसै दिन ललितपुरमा पनि परम्परागत कानो घोडा दौडाएर घोडे जात्रा मनाउने चलन छ। जनविश्वासअनुसार, टुँडिखेलको पूर्व-दक्षिण दिशामा बस्ने गुरुमापा नामक राक्षसले सहरका बालबालिकालाई हानी पुर्याउने भएकाले, प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडे जात्रा गरेर गुरुमापाको आत्मालाई घोडाको टापले दबाउने परम्परा रहेको छ। साथै, बालबालिकालाई कुनै खतरा नहोस् भनी सो रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि अर्पण गर्ने चलन रहिआएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।