काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हरिसिद्धिमा अवस्थित श्रीराम ग्यास उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ।
विभागका अनुसार उद्योगको गोदाममा १४.२ किलो क्षमताका ६ हजार ३ सय ७७ वटा ग्यास सिलिन्डर अत्यधिक संख्यामा भण्डारण अवस्थामा फेला परेका थिए। यसरी अत्यधिक स्टक राख्नुको उद्देश्य ग्यासमा कृत्रिम अभाव सिर्जना गर्ने र उपभोक्तामाथि प्रभाव पार्ने रहेको विभागको ठहर छ।
निर्देशनअनुसार उद्योगले नेपाल आयल निगमसँग समन्वय गरी मौज्दात सिलिन्डर बिक्री–वितरण सुनिश्चित गर्नुपर्नेछ। उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६(२) अनुसार कुनै पनि वस्तुको कृत्रिम अभाव सिर्जना वा जम्मा खोरी गर्नु गैर कानुनी मानिन्छ।
विभागका अधिकारीहरूले औद्योगिक वा व्यावसायिक गतिविधिमा अनुचित अभ्यास नगर्न उद्योगहरूलाई चेतावनी दिएका छन्। सोही ऐनको दफा ३९(१)(ख) अनुसार २ देखि ३ लाख रुपैयाँसम्म जरिवाना लगाउन सकिने प्रावधानको आधारमा श्रीराम ग्यास उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।