काठमाडौँ– स्थानीय बजारमा सोमबार सुनको भाउ सामान्य बढ्दा चाँदीको घट्न पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १०० रुपैयाँले बढ्दै आज ३ लाख ९ हजार ५०० रुपैयाँमा पुगेको हो।
अघिल्लो दिन सुन प्रतितोला ३ लाख ९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । तर, आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घट्दै ५ हजार २६५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।