काठमाडौं– दसैंको समयमा उपभोग अत्यधिक हुन्छ। चाडवाडका समयमा बजारमा पाइने खाद्यान्नमा मिसावट, न्यून गुणस्तर, विषादीको प्रयोग, रङरोगनको प्रयोग भएका पनि हुनसक्छन्।
_x000D_
_x000D_
तसर्थ, चाडवाडका समयमा खाद्यवस्तु किन्दा र खाँदा ध्यान पुर्याइएन भने स्वास्थ्यमा खराबी उत्पन्न गर्ने जोखिम पनि हुन्छ।
_x000D_
_x000D_
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जिव कर्ण चाडवाडको समयमा खाद्य वस्तु किनमेल गर्दा विशेष सावधानी अपनाउनुपर्ने बताउँछन्। ‘उपभोक्ता आफैं सजग भएमात्र पनि बजारमा हुने अखाद्य वस्तुबाट हुने हानी टर्छ।’
_x000D_
_x000D_
दैनिक उपभोग्य फलफूल, तरकारी, मिठाइ, तेल, मरमसला, दूध, पानी लगायतमा विभिन्न समस्या देखिँदै आएका छन्। विभागले गरेको अनुमगनले ती वस्तुमा धेरै कैफियत देखाएको छ।
_x000D_
_x000D_
‘बजारमा पाइने सबै खाद्यवस्तु ढुक्कसँग खाने अवस्था छैन।’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना भन्छन्।
_x000D_
_x000D_
केही दिनअघि कृषिमन्त्रीले सार्वजनिक रुपमै बजारमा पाइने सबै खाद्यवस्तु गुणस्तरीय नभएको टिप्पणी गरेका थिए।
_x000D_
_x000D_
मिठाइमा गुणस्तरहीन रङ र रसायन
_x000D_
_x000D_
दसैंको समयमा ठूलो परिमाणमा मिठाइका परिकार खरिद–बिक्री हुन्छन्। निकै आकर्षक बनाएर त्यस्ता मिठाई बिक्रीस्थलमा राखिन्छन्। त्यस्ता मिठाइमा अनेक प्रकारका रङ मिसाइएको हुन्छ, जुन स्वास्थ्यका लागि हानिकारक पनि हुनसक्छन्। खासगरी रसबरी, लड्डु, झिलाए, पेडा, लालमोहन, जेरी, कालाजामुन, दुधबरी, दुधमलाहीलगायतमका मिठाइमा यस्ता रङ प्रयोग गरिएका हुनसक्छन्। केही दिनअघि विभागले गरेको अनुगमनले रसबरी सेता बनाउन हाइड्रो वान नामक केमिकल प्रयोग गरेको भेटिएको थियो।
_x000D_
_x000D_
मासु स्वच्छ राख्न विषादी
_x000D_
_x000D_
दसैंमा ठूलो परिमाणमा मासुको खपत हुन्छ। तर, यस्तो मासु किन्दा विशेष ख्याल गरिएन भने त्यसको उपभोगले शरीरमा असर गर्न सक्छ।
_x000D_
_x000D_
मापदण्ड पालना नगरेको वधशालाबाट उत्पादित र खुला स्थानमा बिक्रीमा राखिएका मासुले स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने सम्भावना हुन्छ। मरेका चौपाया पनि झुक्याएर बजारमा आएका हुनसक्छन्। कतिपय अवस्थामा त सड्न लागेको मासुलाई पनि स्वच्छ देखाउन विभिन्न प्रकारका रसायनहरू प्रयोग भएको पाइन्छन्।
_x000D_
_x000D_
त्यस्तै, ग्रामीण क्षेत्रमा दसैंमा प्रायः सिंगै खसी किन्ने प्रचलन छ। यसरी खसी, भेडा, च्याङ्ग्रा तथा अन्य चौपाया किन्दा रोगी भए नभएको छनोट गर्नुपर्छ।
_x000D_
_x000D_
यस्ता विषयमा पनि उपभोक्ता आफैं सचेत भएनन भने त्यसको उपभोगबाट स्वास्थ्यमा असर पार्छ।
_x000D_
_x000D_
मरमसलामा सिसावट
_x000D_
_x000D_
खानाका परिकार स्वादिष्ट बनाउन मरमसलाको प्रयोग हुन्छ। तर, मरमसला किन्दा सावधानी अपनाउनु जरुरी हुन्छ। बजारमा आउने खासगरी पिसानी गरिएका मरमसला, खुसार्नीका धुलो, बेसार आदिमा काठको धुलो, इट्टाको धुलो, पिठो तथा अन्य विकार पदार्थ मिसावट गरिएको पनि हुनसक्छ। त्यसैले, मरमसला किन्दा सचेत हुनु आवश्यक हुन्छ।
_x000D_
_x000D_
तरकारी र फलफूलमा विषादी
_x000D_
_x000D_
चाडवाडको समयमा फलफूलको खपत पनि साविकको भन्दा बढी नै हुन्छ। तसर्थ फलफूल किन्दा उपभोक्ता आफैं पनि सचेत हुनु आवश्यक हुन्छ। फलफूल बिग्रिनबाट जोगाउन, लामो समयसम्म स्वच्छ राख्न र आकर्षक देखाउन विभिन्न औषधि र रसायन पनि प्रयोग गरिएका हुनसक्छन्। जस्तो स्याउमा मैन प्रयोग गरिएको हुनसक्छ, केरा, आँपलगायतमा पनि विभिन्न रसायन प्रयोग गरिएको हुनसक्छ। उपभोक्ता आफैं सचेत भएको खण्डमा यस्ता विकारयुक्त खाद्यवस्तुबाट निम्तिन सक्ने जोखिम कम गर्न सकिन्छ।
_x000D_
_x000D_
दुध, तेलदेखि पानीसम्म
_x000D_
_x000D_
दुध, तेलदेखि पानीसम्मका आधारभूत वस्तुमा अनेकन समस्या देखिने गरेका छन्। दुधमा पानी मिसाउने, पाकेटको दुधमा मापदन्डअनुसार गुणस्तर नपुगेका समस्या प्रायः आइरहन्छन्। त्यस्तै, जार र बोतलका खानेपानीमा पनि मापदण्ड नपुगेका अनेकौं घटना आइरहन्छन्। तेलमा पामोलिनलगायतका अखाद्य पदार्थ प्रयोग गरिएका घटना पनि नयाँ होइनन्। विभागले गर्ने बजार अनुगमनले पनि दध, पानी र तेलमा त्यधिक समस्या रहेको देखिन्छ। यस्ता विषयमा पनि उपभोक्ताले ध्यान दिनुपर्छ।
_x000D_
_x000D_
विभागका महानिर्देशक कर्ण कुनै पनि तयारी वस्तु किन्दा त्यसको ‘लेवल’ मा विशेष ख्याल गर्न सुझाउँछन्।
_x000D_
_x000D_
दुषित तथा न्यून गुणस्तरका खाद्यवस्तु बिक्री वितरण गरेको पाइए अधिकतम ५० हजार जरिवाना वा ५ वर्ष कैद वा दुवै हुने कानुनी व्यवस्था छ।
_x000D_
_x000D_
राजमार्गका होटलमा समस्या
_x000D_
_x000D_
चाडबाडका समयमा ठूलो संख्यामा मानिसहरू गाउँ फर्किन्छन्। यात्राका क्रममा राजमार्गमा खाना तथा खाजा खानुपर्ने बाध्यता हुन्छ। यस्तो समयमा राजमार्गका खानेकुरामा विशेष ध्यान दिनुपर्छ। त्यस्ता स्थानमा बाहिर खुला स्थानमा राखिएका, बासी, सडेका, अखाद्य रसायन तथा रङ प्रयोग गरिएका खानेकुरा हुनसक्छन्। यस्तो स्थितिमा सकेसम्म आफैंले घरमा बनाएका खानेकुरा साथमा लैजाने वा खानैपरे पनि विशेष ख्याल गर्नुपर्छ।
_x000D_
_x000D_
खाद्य पदार्थमा गुणस्तर कायम गर्नेसम्बन्धी अनेकौं कानुनी व्यवस्था भए पनि तीनको प्रभावकारी कार्यान्वयन र अनुगमन नहुँदा उपभोक्ता आफैं पनि सचेत हुनुपर्ने बताउँछन्, मञ्चका अध्यक्ष तिमल्सिना।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।