• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार ७, २०८३ Sun, Jun 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

अप्रेसन गर्दा दुखाई महशुस हुन नदिने एनेस्थेसिया के हो?

64x64
नेपाल लाइभ मंगलबार, असोज ३०, २०७५  ००:४४
1140x725

काठमाडाैं– एनेस्थेसिया भन्ने शब्द आममानिसले बिरलै सुनेका होलान्। एनेस्थेसियालाई चिकित्सा विधामा नै ठ्याक्क कसरी बुझ्ने भनेर धेरैलाई अन्यौल हुन सक्छ । त्यसैले हाम्रो गाउँघर, समाज, बिरामी, आफन्तले बुझ्ने भाषामा एनेस्थेसियाको महत्व, आवश्यकता र खतराबारे केही जान्न जरुरी छ। खासगरी शल्यक्रिया गराउन तयार रहेका बिरामी वा उसको आफन्तले यसबारे जानकारी राख्दा सहयोग पुग्नेछ ।

_x000D_ _x000D_

१७औँ शताब्दीको मध्यतिर शल्यक्रियाको अवधारणा आएको हो। तर त्यसबेला एनेस्थेसियाबारे कुनै खोज नै भएको थिएन। पहिला–पहिला गाँजा, भाङ, धतुरो प्रयोग गरेर लठ्याएर, टाउकोमा हिर्काई बेहोस पारेर क्रुर तरिकाले शल्यक्रिया गरिन्थ्यो।

_x000D_ _x000D_

१७औँ सताब्दीको अन्त्य र १८औँ शताब्दीको सुरुतिर मानिसलाई बेहोस पर्ने उपायहरुको खोजी भयो। नाकबाट सुँघाउने ग्यासहरु पत्ता लगाएर प्रयोगमा ल्याइयो। त्यसताका शल्यक्रिया गर्दा बिरामी बचाउन सक्ने वा नसक्ने निधो हुँदैन थियो। तर, कसरी बिरामीलाई नहल्लिने, नचल्ने, नदुख्ने बनाउन सकिन्छ र शल्यक्रिया गर्न सकिन्छ भन्नेमै चिकित्सकहरु केन्द्रित हुन्थे।

_x000D_ _x000D_

१९औँ सताब्दीदेखि एनेस्थेसियाको प्रयोग र विधिमा विकास हुन थाल्यो। युरोप, अमेरिका जस्ता मुलुकमा शल्यक्रिया गर्नुअघि बिरामीलाई बेहोस पार्न यसलाई सुरक्षित ठानिन थाल्यो। ठूला–ठूला शल्यक्रियाहरु सफल हुन थाले।

_x000D_ _x000D_

एनेस्थेसियाको अर्थ अचेतना वा चेतना शून्य (बेहोस) बनाउने भनेर लगाइन्छ। चिकित्सा विज्ञानमा यसलाई निकै संवेदनशील र चुनौतीपूर्ण मानिन्छ । शल्यक्रिया गर्ने क्रममा मानिसको जुन भागमा रोग लागेको हुन्छ, त्यसलाई चिरेर या काटेर फ्याँक्नुपर्ने हुन्छ।

_x000D_ _x000D_

त्यस्तो बेला बिरामीलाई हुने पीडा र छटपटि घटाउन बिरामीलाई मस्त निद्रामा सुताइन्छ। हातगोडाका मांशपेसीलाई अचल बनाइन्छ। मुटुको काम जस्ताको त्यस्तै राखिन्छ। स्वाशप्रश्वास मेसिनको सहायताले गराइन्छ। बिरामीको मुटुको चाल, रक्तचाप, अक्सिजनको मात्रा, पिसाबको मात्रा आदिलाई मेसिनको सहायताले लगातार निगरानीमा राखिन्छ।

_x000D_ _x000D_

शल्यक्रिया पूरा भएपछि अन्य औषधीको प्रयोगले बिरामीलाई होसमा फर्काइन्छ। यही  प्रक्रियालाई जनरल एनेस्थेसिया भनिन्छ ।

_x000D_ _x000D_

शरीरको अंगको शल्यक्रिया अनुसार एनेस्थेसियाको प्रविधि पनि फरक–फरक हुनेगर्छ। बच्चा जन्माउन गरिने शल्यक्रिया, खुट्टाको वा छातिमुनिको शल्यक्रियामा प्रयोग गरिने प्रविधिलाई स्पाइनल एनेस्थेसिया भनिन्छ। साना घाउ, शरीरका डल्लाडल्ली, पिलोहरु चिर्नुपर्ने हुँदा त्यही ठाउँ मात्रै लट्ठ्याउने विधिलाई लोकल एनेस्थेसिया भनिन्छ।

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

शल्यक्रियाको कुरा आउनसाथ बिरामीहरु अत्तालिने गर्छन् । शल्यक्रिया नगरी रोग कसरी निको पार्ने होला भन्दै धेरैतिर भौँतारिरहन्छन्। प्रायःको उस्तै भनाइ हुन्छः ‘सहनै नसक्ने गरी दुख्छ। बेहोस पारेको बेला होसमै नआई मरिने हो कि?’

_x000D_ _x000D_

बिरामीले यस्ता प्रश्न गर्नु असामान्य पनि होइन। तर, २१औं शताब्दीमा विकास भएको चिकित्सा विज्ञानका उपायहरु निकै विश्वासयोग्य छन्। विगत १५–२० वर्ष यता नेपालमा चिकित्सा विज्ञानले ठूलो फड्को मारेसँगै एनेस्थेसिया सम्बन्धी विज्ञ–चिकित्सकसँगै प्रविधिहरु, औषधी, उपकरणहरु उपलब्ध छन्। जसले गर्दा ठूला तथा जटिल शल्यक्रिया पनि नेपालमै सुरक्षित तवरले गर्न सकिएका छन् । र ती सफल पनि भएका छन्। म आफैँ पनि यही विधाको चिकित्सक भएर हेर्दा, विगतको तुलनामा एनेस्थेसिया अहिले धेरै सुरक्षित हुँदै आएको छ।

_x000D_ _x000D_

एनेस्थेसिया दिएर शल्यक्रिया गराउँदा बिरामीको ज्यान जोखिममा पर्दै पर्दैन भनेर भन्न खोजिएको होइन। तर, एनेस्थेसिया नगरी शल्यक्रिया गर्दा जोखिम बढी हुने चाहिँ पक्का हो। बिरामीलाई शल्यक्रियामा लैजानुअघि एनेस्थेसियाका विज्ञ चिकित्सकले बिरामीलाई पूर्ण जाचँ गर्छन्।

_x000D_ _x000D_

ब्लड प्रेसर, दम, मधुमेह, मुटुको रोग साथै अन्य दीर्घकालीन रोग भएका बिरामीलाई यस्ता समस्या नभएका बिरामीको तुलनामा जोखिम बढी हुन्छ। तसर्थ यस्ता जोखिम घटाउन ब्लडप्रेसर, दम, मधुमेह जस्ता रोगलाई औषधिको प्रयोगले सामान्य अवस्थामा ल्याएपछि रगतमा चिनी को मात्रा, दम, धम्की जस्ता रोगलाई औषधीहरुको प्रयोगले सामान्य अवस्थामा ल्याएपछि मात्र शल्यक्रियाका लागि बेहोस पार्दा जोखिम न्यून पार्न सकिन्छ।

_x000D_ _x000D_

त्यसैले अगाडिदेखि नै शरीरमा विभिन्न रोग बोकेका मानिसलाई कुनै शल्यक्रिया गर्नु पर्नेछ भने केही दिन वा केही हप्तापछि गर्दा राम्रो हुन्छ भनेरै शल्यक्रियाको मिति सारिएको पनि हुन्छ।

_x000D_ _x000D_

तर बिरामीको अवस्था निकै नाजुक छ। तत्काल शल्यक्रिया नगरी हुँदैन भने त्यस्तो संवेदनशील अवस्थामा एनेस्थेसिया दिएर शल्यक्रिया गर्नुपर्ने भएमा बिरामीको ज्यान तलमाथि पर्न सक्छ।
_x000D_ सबै कुरा बुझेर शल्यक्रियामा जाने बिरामीको आत्मबल पनि बढेको हुन्छ र स्वास्थ्य स्थिति बुझेर योजनासहित शल्यक्रिया गर्दा खतरा पनि कम हुन्छ। 

_x000D_ _x000D_

(डा. रेग्मी चितवन मेडिकल कलेजमा एनेस्थेसिया विभागको सह–प्राध्यापक हुन्)

_x000D_ _x000D_

 

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०७५  ००:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने
रास्वपालाई लडाउने अरु कसैको तागत छैन : रवि लामिछाने
अख्तियार पदाधिकारी प्रकणमा प्रधानमन्त्रीको प्रष्टीकरण, ‘आवश्यक परे अख्तियारलाई ५ वर्ष राखेर सल्लाह गरिन्छ’
सम्बन्धित सामग्री
योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह बाह्रौँ विश्वयोग दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्... आइतबार, असार ७, २०८३
आज कोशीमा भारी वर्षाको सम्भावना जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भू–भागमा साधरणतया बदली रहेको छ भने अन्य तराई भागमा आंशिक बदली रह... आइतबार, असार ७, २०८३
बालकुमारीमा गोली चल्याे, तीन लागुऔषध कारोबारी पक्राउ प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले विशेष अपरेसन सञ्चालन गर्दै संदिग्ध लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो । शनिबार, असार ६, २०८३
ताजा समाचारसबै
देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने आइतबार, असार ७, २०८३
रास्वपालाई लडाउने अरु कसैको तागत छैन : रवि लामिछाने आइतबार, असार ७, २०८३
अख्तियार पदाधिकारी प्रकणमा प्रधानमन्त्रीको प्रष्टीकरण, ‘आवश्यक परे अख्तियारलाई ५ वर्ष राखेर सल्लाह गरिन्छ’ आइतबार, असार ७, २०८३
सीमाको विषयमा प्रधानमन्त्रीले भने, ‘ब्रिटिसलाई मध्यस्तकर्ता बनाउन खोजेका होइनौं, प्रमाण ल्याउँछौं भनेको हो’ आइतबार, असार ७, २०८३
हाम्रो गाडी अनियन्त्रित छैन, गन्तव्यमा पुगेपछि मात्र रोकिन्छ : प्रधानमन्त्री शाह आइतबार, असार ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालकुमारीमा गोली चल्याे, तीन लागुऔषध कारोबारी पक्राउ शनिबार, असार ६, २०८३
महाधिवेशनका लागि चितवन पुगे रवि लामिछाने शनिबार, असार ६, २०८३
रास्वपा महाधिवेशनमा सहभागी हुन कुन दलबाट कुन-कुन नेता पुगे ? आइतबार, असार ७, २०८३
गगनले दिए रास्वपालाई महाधिवेशनको शुभकामना आइतबार, असार ७, २०८३
कोशी प्रदेशबाट नेपाल प्रवेश गर्‍यो मनसुन,आज यि स्थानमा हुनेछ वर्षा शनिबार, असार ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
अख्तियारद्वारा आरजु राणालाई बयानका लागि म्याद तामेल, दुई दिनभित्र बयान दिन आउनुपर्ने बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्