एजेन्सी– पाकिस्तानको कराँचीस्थित अमेरिकी दूतावास नजिक अमेरिकाविरुद्ध आन्दोलनका क्रममा ९ जना मारिएका छन् ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेई अमेरिका–इजरायली आक्रमणमा मारिएपछि पाकिस्तानमा आक्रोशित भीडले कराँचीमा रहेको अमेरिकी दूतावासबाहिर आन्दोलन गरेका थिए ।
आन्दोलनमा दूतावासमा ढुंगामुडा गर्नुका साथै आगलागी र दूतावासभित्र छिर्न खोजेपछि दूतावास सुरक्षामा खटिएका सुरक्षाकर्मीले गोली चलाउँदा ९ जना मारिएका हुन् ।
पाकिस्तानी समाचार संस्था डन ले सुरक्षाकर्मीको गोली लागेर ९ जना मारिएको र दर्जनौं बढी घाइते भएको उल्लेख गरेको छ । प्रहरीले भीडलाई तितरवितर पारेको छ । घाइतेहरुलाई नजिकको अस्पतालमा भर्ना गरिएको छ भने तीमध्ये कैयौंको अवस्था गम्भीर रहेको बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।