काठमाडाैं– प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले ढालेको राजतन्त्रलाई नेपालमा सम्मानसहित बिदा गरिएको बताएका छन्। जनताले ढालेको राजतन्त्रलाई सुविस्तासँग राख्ने कार्य नेपालमा मात्रै भएको बताए।
_x000D_
_x000D_
उदार लोकतन्त्रका कारण सम्मानसहितको व्यवहार गरिएको ओलीले बताए। राजतन्त्रलाई सम्मानसहित बिदाइ गर्ने राष्ट्र विश्वमा नेपाल मात्रै पहिलो देश भएको बताए।
_x000D_
_x000D_
नारायणहिटी दरबार संग्रहालयमा श्रीपेच सर्वसाधारणलाई खुला गरिएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले दैवी शक्तिको रुपमा राजाहरुले आफूलाई प्रकट गरेको उल्लेख गरे। उनले शक्तिको अंहकारले आम सर्वसाधारण जनतामाथि शोषण् गरिएको बताए। उनले भने ‘त्यसको अन्त्यको लागि दुनियाँले लड्यो।’
_x000D_
_x000D_
वादशाहहरु भित्रबाट खोक्रो हुने हुनाले त्रसित नहुन वा त्यसलाई नदेखाउनका लागि हातमा तरबार र राजदण्ड बोक्ने गरेको उनले बताए।
_x000D_
_x000D_
गणतन्त्रको माग गरेर ४८ वर्षदेखि आफू पनि लडेको उनले दाबी गर्दै पृथ्वीनारायण शाहको एकीकरण र राष्ट्रियताको पक्षमा राजतन्त्रले गरेको योगदानको ओलीले प्रशंसा गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।